Logo

सेवा विकास बैङ्कको हकप्रद शेयर लीलाम विक्री आजदेखि, विक्री प्रबन्धकमा एनएमबी क्यापिटल

सेवा विकास बैङ्कको हकप्रद शेयर लीलाम विक्री आजदेखि, विक्री प्रबन्धकमा एनएमबी क्यापिटल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेवा विकास बैंक लिमिटेडको हकप्रद शेयर मंगलवार देखि लीलाम विक्री गरिँदैछ । कम्पनीको १२ लाख ६१ हजार ७ सय ७८ कित्ता सेयर लिलाम गर्न लागेको हो ।
कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति फागुन २३ गते रहेको छ ।

हकप्रद शेयरको लागि मङ्सिर २३ गते देखि पुस २३ गतेसम्म हकप्रद शेयरको विक्री खुला गरी आवेदन माग गरिएको थियो । जसमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकी रहेको संस्थापक समूहतर्फ १० लाख ४० हजार १ सय ७१ कित्ता र सर्वसाधारण समूहतर्फ २ लाख २१ हजार ६ सय ७ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर रू १ सय तोकिएको हँुदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । कम्पनीको विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL