Logo

डिप्रोक्स लघुवित्तको हकप्रद चैत ७ बाट, चुक्ता पूँजी साढे ५१ करोड पुग्ने

डिप्रोक्स लघुवित्तको हकप्रद चैत ७ बाट, चुक्ता पूँजी साढे ५१ करोड पुग्ने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकले २५ लाख ७९ हजार २ सय ३८ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । चितवनमा केन्द्रिय कार्यालय रहेको डिप्रोक्सले १ बरावर १ को अनुपातमा हकप्रद जारी गरेको हो ।

डिप्रोक्सले आगामी चैत्र ७ गतेबाट हकप्रदको लागि आवेदन खुला गरेको हो । उक्त हकप्रदको लागि वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीका अनुसार फागनु २ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनिले मात्रै हकप्रदको लागि आवेदन दिन पाउनेछन् ।

डिप्रोक्सको धितोपत्र निष्कास तथा बिक्री प्रवन्धक नबील इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । उक्त हकप्रद सेयर खरिदको लागि नबील बैंकको नक्साल र सम्बन्धित बैंकको जुनसुकै शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

हाल बैंकको चुक्ता पूँजी २५ करोड ७९ लाख २३ हजार रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL