Logo

सिटिजन्स बैंकको ५ वर्षे मुद्दति योजना, बचत खातामा पनि ४ प्रतिशतसम्म ब्याज

सिटिजन्स बैंकको ५ वर्षे मुद्दति योजना, बचत खातामा पनि ४ प्रतिशतसम्म ब्याज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले आजदेखि लागू हुनेगरी ५ वर्षे मुद्दती योजना ल्याएको छ । ग्राहककोे चाहना बमोजिम आकर्षक ब्याजदरका साथ सिटिजन्स ५ वर्षे मुद्दति योजना सार्वजनिक गरिएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस योजनाका मुद्दति खातामा वार्षिक १२ प्रतिशतसम्म ब्याज र १ वर्ष देखि ५ वर्ष सम्मको समयावधि हुने छ । उक्त योजना अन्तरगत न्यूनतम १ लाख रुपैयाँमा मुद्दती खाता खोल्न सकिने तथा सो योजना अन्तरगत २ वर्ष सम्मको मुद्दती खाता हुने र ग्राहकले जुनसुकै वखत आफ्नो खातामा रहेको रकम झिक्न सक्नेछ । यसैगरी २ वर्ष भन्दा वढी अवधिको मुद्दती खाता हुने ग्राहकले २ वर्ष पश्चात कुनै पनि बखत आफ्नो रकम झिक्न सक्नेछन् । यसरी रकम झिक्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ ।

यसैगरी बैंकले ग्राहकको हितलाई ध्यानमा राखि आजैका दिन देखि लागू हुनेगरी बतच खातामा १ प्रतिशतका दरले ब्याजदर बृद्धि गरेको छ । जस अनुसार अबदेखि बतच खाताको ब्याजदर न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रतिशत सम्म छ

प्रतिक्रिया दिनुहोस्
MBL