Logo

सनराइजले ल्यायो चिपमा आधारित इएमभि कार्ड, विद्युतिय कारोबारबाट हुने जोखिम न्यूनिकरण

सनराइजले ल्यायो चिपमा आधारित इएमभि कार्ड, विद्युतिय कारोबारबाट हुने जोखिम न्यूनिकरण


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सनराइज बैंक लिमिटेडले विद्युतिय चिपमा आधारित इएमभि कार्डहरु प्रचलनमा ल्याएको छ । कारोवारको सुरक्षा प्रती सजग रही हाल प्रयोगमा रहेका कार्डहरुलाई थप सुरक्षित पार्दै सो कार्ड प्रचलनमा ल्याएको हो ।

साथै ग्राहकहरुलाई थप सुविधा दिने उद्धेश्यले चिपमा आधारित क्रेडिट कार्ड तथा विदेश जाने व्यक्तिहरुलाई लक्षित गर्दै विदेशी मुद्राको प्रिपेड कार्डहरु समेत प्रचलनमा ल्याएको छ ।

विद्युतिय कारोबारबाट सृजना हुने जोखिमलाई न्यूनिकरण गर्न हाल चल्तिमा रहेका म्याग्नेटि स्ट्रिप कार्डहरुलाई अन्तराष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अनुसार चिपमा आधारित इएमभि कार्डमा क्रमशः प्रतिस्थापन गर्दै जाने बैंकले जानकारी दिएको छ ।

बैंकको हाल ६७ शाखा, ७२ एटिएम, १३ शाखा रहित बैंकिङ सेवा तथा ३ वटा एक्स्टेन्सन काउन्टरहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL