Logo

२९ प्रतिशतले बढ्यो एभरेष्टको नाफा, ६ महिनामा कमायो ९७ करोड, खस्कियो प्रति सेयर आम्दानी

२९ प्रतिशतले बढ्यो एभरेष्टको नाफा, ६ महिनामा कमायो ९७ करोड, खस्कियो प्रति सेयर आम्दानी


बिजखबर संवाददाता
27
Shares

एभरेष्ट बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २९ प्रतितले बढी हो । बैंकले सो अवधिसम्म चुक्ता पूँजी ६७ प्रतिशतले बढाउँदा नाफा भने २९ प्रतिशतले बृद्धि गरेको हो । गत आवको सो अवधिमा बैंकमा चुक्ता पूँजी २ अर्ब ७४ करोड रुपैयाँ रहेकोमा हाल ४ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ ।

बैंकले सो अवधिमा ब्याज आम्दानीमा मा २२ प्रतिशतले बृद्धि गरेको छ भने विदेशी मुद्रा कारोवारबाट हुने आम्दानीमा भने गिरावट आएको छ । तर, अन्य संचालन मुनाफा भने उच्च रुपमा बढेको छ । सो अवधिसम्म आइपुग्दा ९० अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ६३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । निक्षेप संकलन १९ प्रतिशतले बढ्दा कर्जा प्रवाह ३२ प्रतिशतले बढेको छ ।

सो अवधिमा बैंकको खराबकर्जा सामान्य बढेको छ भने प्रति सेयर आम्दानी पनि घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL