Logo

एसबिआई बैंकको अनलाइन आस्वा र डिम्याट सेवा, धितोपत्र खरिद गर्न लाइन बस्नु नपर्ने

एसबिआई बैंकको अनलाइन आस्वा र डिम्याट सेवा, धितोपत्र खरिद गर्न लाइन बस्नु नपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एसबिआई बैंकले अनलाइन आस्वा र डिम्याट सेवा शुरु गरेको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्कीले सो सेवाको शुभारम्भ गरे ।

बैंकले सुरु गरेको अनलाइन आस्वा सेवा प्रयोग गरेर ग्राहकहरुले धितोपत्र खरिदका लागि लाइन लाग्न नपर्ने बताएको छ ।

त्यस्तै आस्वा सेवा लिनेले सेयरको आवेदन पनि अनलाइनबाट नै भर्न सक्ने छ । सेयरमा हाल्ने रकम पनि ग्राहकको खातामा नै रोक्का रहने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार सेयरमा परेको रकम खाताबाट निष्कासन बैंकमा पठाइन्छ र बाँकी रकम ग्राहकको खातामा नै रहन्छ ।

बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङले अनलाइन डिम्याट सेवा दिने भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL