Logo

भारु सहटीमा छलफल गर्न भारतीय टोली नेपाल आउँदै, कसरी बढ्यो राष्ट्र बैंकमा जम्मा हुने क्रम ?

भारु सहटीमा छलफल गर्न भारतीय टोली नेपाल आउँदै, कसरी बढ्यो राष्ट्र बैंकमा जम्मा हुने क्रम ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रतिबन्धित भारतीय रुपैयाँ सटही सम्बन्धमा छलफल गर्न भारतीय प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । उनीहरुलाई नेपाल आउनका लागि पत्राचार गरिसकेको र केही समयभित्रै भारतीय टोली नेपाल आउने जानकारीमा आएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा सो सम्बन्धी सहजिकरण कमिटिका संयोजक चिन्तामणी शिवाकोटीले बताए । ‘हामीले केही समय अधि सो सम्बन्धमा छलफल गर्न भारत जाँदा नै उनीहरुलाई नेपालमै आएर छलफल गर्न आग्रह गरेका थियौं,’ उनले भने, ‘सोही अनुरुप केही समयभित्रै भारतीय टोली नेपाल आउने जानकारीमा आएको छ ।’

उनका अनुसार भारतीय टोली केही समय अघि नै आउन लागेकोमा उनीहरुको यही फेब्रुअरी १ मा बजेट आउने भएकाले रोकिएको थियो,’ उनले भने, ‘अब उनीहरुको बजेट समेत आइसकेकाले भारतीय रिजर्ब बैंक समेतका टोली नेपाल आउने छन् ।

नेपालले नेपालीसँग भएको ५ सय र १ हजार रुपैयाँका भारतीय मुद्रा प्रति व्यक्ति २५ हजारका दरले साटिदिनुपर्ने माग राखेको छ । तर, उनीहरुले उक्त सीमालाई घटाउन दबाव दिँदै आएका छन् । केही समय अघि शिवाकोटीको नेतृत्वमा छलफल गर्न भारत गएको टोली विना निष्कर्ष फर्कन वाध्य भएको थियो । तर, भारतीय टोली नेपालमा नै आएर छलफल गर्न अग्रसरता देखाएकाले प्रतिबन्धित भारतीय मुद्रा साटिने सम्भावना बढेको छ ।

भारतीय नोट सटही सम्बन्धमा नेपाली टोलीले भारत सरकारलाई मोडालिटी समेत तयार गरेर पेश गरेको छ । अबका दिनमा भारतसँग सोही मोडालिटी अन्तरगत रहेर छलफल अघि बढाइने शिवाकोटी बताउँछन् । ‘कानुन सम्बत एक नेपालीले २५ हजार भारु राख्न सक्नेछ,’ उनले भने, ‘सोही अनुरुप साट्न पहल गरिनेछ ।’

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकिङ प्रणालीमा ३ करोड ६० लाख ९० हजार भारु रहेको बताउँदै आएको थियो । तर, अहिले सो रकम बढेर ७ करोड ८४ लाख पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । बैंकिङ प्रणालीमा साढे ३ करोड रुपैयाँ मात्र भारु रहेको बताउँदै आएको राष्ट्र बैंकले पछिल्लो सो रकम समय बढेर पौने ८ करोड पुगेको जानकारी दिएको छ । अन्य सरकारी निकायसँग भएको रकम समेत खिच्दा रकम बढ्न गएको उनको तर्क छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL