Logo

नगदमा गरिने कारोवारको सिमामा कडाई, १० लाख रुपैयाँसम्म मात्र भुक्तानी

नगदमा गरिने कारोवारको सिमामा कडाई, १० लाख रुपैयाँसम्म मात्र भुक्तानी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नगदमा गरिने भुक्तानीलाई कडाइ गर्ने भएको छ । नगदमा गरिने कारोवारलाई कडाइ गर्दै आगामी दिनमा १० लाख रुपैयाँसम्मको भुक्तानी मात्र नगदमा दिइने व्यवस्था लागू गर्न लागिएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए । ‘हामीले सम्बन्धित निकायमा १० लाख रुपैयाँसम्म मात्र नगदमा भुक्तानी दिने व्यवस्था गर्न पत्राचार गरिसकेका छौं,’ भारतमा मुद्राको विमुद्रीकरण र नेपालमा त्यसको असर सम्बन्धी कार्यक्रममा बोल्दै उनले भने, ‘यो व्यवस्था छिट्टै नै लागू हुने छ ।’

उनका अनुसार त्यसलाई पनि अझ कम गर्ने विषयमा समेत छलफल भइरहेको छ । अहिले नगदमा गरिने भुक्तानीलाई १० लाख रुपैयाँ सिमित गर्ने विषयमा निर्णय गरेर सम्बन्धित निकायमा सिफारिस गरिसकेका छौं,’ उनले भने, ‘ सहमती जुटेमा यसलाई ५ लाख रुपैयाँ झार्ने विषयमा समेत छलफल भइरहेको छ ।’ बैंकिङ कारोवारलाई व्यवस्थित नगदमा गरिने कारोवारलाई न्युनिकरण गर्न सो व्यवस्था गर्न लागिएको हो ।

राष्ट्र बैंकले यस पटक मौद्रिक नीति जारी गर्दै ५० लाख रुपैयाँसम्मको नगदमा भुक्तानी हुने व्यवस्थालाई ३० लाख रुपैयाँमा झारेको थियो । नगदको कारोवार बढी जोमिख र त्यसबाट अनैतिक क्रियाकलाप बढ्न सक्नेभन्दै त्यसलाई अझ कम गर्न लागिएको शिवाकोटीले जानकारी दिए । नयाँ व्यवस्था लागू भएसँगै १० लाख रुपैयाँसम्मको कारोवार मात्र नगदमा गर्न पाइने छ । सोभन्दा बढी रकमको चेकमा मार्फत गर्नुपर्ने हुन्छ । नयाँ व्यवस्था लागू भएसँगै बैंक तथा वित्तीय संस्थाले सोभन्दा बढी रकमको चेकको नगदमा भुक्तानी दिइने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL