Logo

हिमालयन बैंकको खराबकर्जा उठौतीमा उल्लेख्य सुधार, ६ महिनामै कमायो एक अर्ब

हिमालयन बैंकको खराबकर्जा उठौतीमा उल्लेख्य सुधार, ६ महिनामै कमायो एक अर्ब


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । हिमालयन बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा साढे २२ करोड रुपैयाँले बढी हो । बैंक १ महिना मै अर्बपति क्लवमा प्रवेश गरेको छ ।

बैंकले ब्याज आम्दानीमा बृद्धि र खराब कर्जा उठौतीमा सफलता हात पारेसँगै नाफामा बृद्धि भएको हो । ३ दशमलव १६ प्रतिशत रहेको खरावकर्जालाई शुन्य दशमलगव ९४ प्रतिशतमा झारेको छ । दोस्रो त्रेमासमा बैंकले खुद ब्याज आम्दानी १ अर्ब ८० करोड रुपैयाँ गरेको छ ।

सो अवधिसम्म आईपुग्दा ९१ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा सुधार गरेको छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL