Logo

१० प्रतिशत ब्याजमा आयो वैदेशिक रोजगार बचतपत्र, १२ मुलुकबाट खरिद गर्न सकिने

१० प्रतिशत ब्याजमा आयो वैदेशिक रोजगार बचतपत्र, १२ मुलुकबाट खरिद गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुका लागि वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ । यस अघि नेपालबाट मात्र उक्त बचतपत्र खरिदगर्न सक्ने व्यवस्था गरेकोमा हाल नेपाली कामदारले सम्बन्धित मुलुकबाटै खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले ५० करोड रुपैयाँ बरावरको बैदेशिक रोजगार बचतपत्र विक्री खुला गरेको हो । उक्त बचतपत्र नेपाल सहित १२ मुलुकबाट खरिद गर्न सकिने छ । राष्ट्र बैंकले यस पटक ब्याजमा पनि १ प्रतिशतले बृद्धि गरेको छ । यस अघि बैंकले ९ प्रतिशत ब्याजमा ५ वर्षे बैदेशिक रोजगार बचतपत्र ल्याएको थियो ।

हाल बैंकले ल्याएको बैदेशिक रोजगार बचतपत्र २०७८ ‘ख’ यही मात्र १७ गतेदेखि फागुन १७ गतेसम्म खुला रहनेछ । वैदेशिक रोजागारीमा गएका कामदारहरुको रकम संकलन गर्ने उद्देश्य अनुरुप उक्त बचतपत्र निष्काशन गरेको हो । बैंकले पटक–पटक बचतपत्र खरिद गरेपनि रोजगारीमा गएका कामदारले भने सो खरिदका लागि चासो देखाएका छैनन् ।

बचतपत्रमा लगानी गर्नेलाई ६/६ महिना व्याज भुक्तानी दिइने छ । बैदेशिक रोजगारीमा कार्यरत र घर फर्किएको चार महिना ननाघेका कामदारले उक्त बचतपत्रमा लगानी गर्न सक्नेछन् । यसैगरी गैर आवासीय नेपालीले आफ्ना परिवारका नाममा समेत उक्त बचतपत्र खरिद गर्न सक्नेछन् । जसमा घटीमा ५ हजार रुपैयाँदेखि बढीमा कुल निष्काशित रकमको सिमा नवढाइ ५ हजारले भागगर्दा निशेष जाने रकम हाल्न सकिने छ ।

सो बचतपत्रमा नेपाल स्थित प्रभु बैंक, प्रभु मनि टान्सफर, आइएमइ, सिटी एक्सप्रेस मनि टान्सफर, सेञ्चुरी बैंक, सानिमा बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, माच्छापुच्छे बैंक र सेवा रेमिटका प्रतिनिधि कार्यालय एवं एजेन्टबाट बचतपत्रको आवेदन दिन सकिने छ ।

यसैगरी कतार, बहराइन, युएयई, अष्ट्रेलिया, बेलायत, जापान, कोरिया, इजरायल, साउदी अरव, भारत र मलेसियाबाट खरिद गर्न सकिनेछ ।
बचतपत्र भर्नका लागि राहदानी, कार्यरत मुलुकको भिसा, २ प्रति पासपोर्ट साइजको फोटो, कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्र, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणका रुपमा विदेशी मुद्रा सटही रसिदको भौचरसहित आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL