Logo

राष्ट्र बैंकको तरलता अफर आइतबारसम्म, अन्तिम दिन १० अर्बको ल्याउँदै

राष्ट्र बैंकको तरलता अफर आइतबारसम्म, अन्तिम दिन १० अर्बको ल्याउँदै


बिजखबर संवाददाता
0
Shares

नेपाल राष्ट्र बैंकले आइतबार पनि बजारमा १० अर्ब रुपैयाँको तरलता ल्याउने भएको छ । बैंक तथा वित्तीय संस्थाले तरलता अभाव भएको भन्दै गुनासो गरेपछि राष्ट्र बैंकले तरलता ल्याएको थियो ।

राष्ट्र बैंकले पटक–पटक गरी ठूलो मात्रामा बजारमा तरलता ल्याएपनि बैंक वित्तीय संस्थाले खरिद नगरेपछि आइतबार अन्तिम पटक १० अर्ब रुपैयाँको जारी गर्न लागेको नेपाल राष्ट्र बैंक राष्ट्र ऋण विभागका कार्यकारी दिर्नेशक त्रिलोचन पंगेनीले जानकारी दिए ।

राष्ट्र बैंकले दुई दिन लगातार ४० अर्ब रुपैयाँको ‘आउट रिच पर्चेज’ गरेको थियो भने एक १० अर्ब रुपैयाँको गरेको थियो । तर, उक्त तरलता लिनमा लागि बैंक तथा वित्तीय संस्थाले रितपूर्वक आवेदन नदिएपछि आइतबार पुनः एकपटक १० अर्ब रुपैयाँको जारी गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र खरिदका लागि २ बजेभित्र आवेदन दिइसक्नुपर्ने छ भने आइतबार नै बाँडफाँड हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL