Logo

आस्वा प्रणालीमा प्रभु बैंक, सवै शाखाबाट सेयर दरखास्त फारम संकलन

आस्वा प्रणालीमा प्रभु बैंक, सवै शाखाबाट सेयर दरखास्त फारम संकलन


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । प्रभु बैंकले आस्वा प्रणालीमा जानका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । बोर्डले स्वीकृति दिएसँगै आस्वा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन खरिद गर्न चाहने व्यक्तिले प्रभुको सवै शाखाबाट दरखास्त फारम बुझाउन सक्नेछन् ।

जस अन्तरगत लगानीकर्ताले आफुले सेयर भर्न चाहेअनुरुपको रकम सम्बन्धि तलगानीकर्ताकै खातामा रोक्का राखी उक्त धितोपत्र बाँडफाँड भएपश्चात सम्बन्धित व्यक्तिको नाममा कायम हुन आउने बैंकले जानकारी दिएको छ ।

देशभर रहेका यस बैंकका शाखा कार्यालयहरुका खाता धनी लगानीकर्ताले सहज, सरल र झन्झटमुक्त तवरले सार्वजनिक रुपमा निष्कासन हुने धितोपत्रमा लगानी गर्न सक्ने सुविधा प्राप्त गर्ने भएकोले यसबाट बढी लाभ लिनसक्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL