Logo

४० अर्बबाट १० अर्बमा झर्यो राष्ट्र बैंक, जोखाना हेर्दै बैंक वित्तीय संस्था

४० अर्बबाट १० अर्बमा झर्यो राष्ट्र बैंक, जोखाना हेर्दै बैंक वित्तीय संस्था


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दुई दिनसम्म बजारमा लगातार ४० अर्ब रुपैयाँ तरलता ल्याएको राष्ट्र बैंक आज १० अर्ब रुपैयाँमा झरेको छ । बैंक वित्तीय संस्थाको माग अनुरुप ४० अर्ब रुपैयाँ ‘आजट रिच पर्चेज’ गरेपनि लिन नआएकाले विहीबार १० अर्ब रुपैयाँको मात्र जारी गरेको हो ।

राष्ट्र बैंकले २ दिनसम्म लगातार ४० अर्ब रुपैयाँको तरलता जारी गर्दा रितवपूर्वक २ अर्ब रुपैयाँको मात्र आवेदन परेका थियो । राष्ट्र बैंकले आज भुक्तानी मिति नै तोलेकर ट्रेजरी विल जारी गरेको छ । जसअनुसार उक्त ट्रेजरी २०७४ असार १३ गतेभित्र भुक्तानी गनुर््पर्नेछ ।

राष्ट्र बैंकका अनुसार उक्त ट्रेजरी खरिदका लागि अनलाई प्रणालीबाट आवेदन दिनुपर्नेछ । ट्रेजरी खरिदका लागि २ बजेभित्र आवेदन दिइसक्नुपर्ने छ भने आजै बाँडफाँड हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL