Logo

४० अर्ब लिन बैकहरुलाई राष्ट्र बैंकको पुनः आग्रह, आज कतिको पर्ला आवेदन ?

४० अर्ब लिन बैकहरुलाई राष्ट्र बैंकको पुनः आग्रह, आज कतिको पर्ला आवेदन ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ४० अर्ब रुपैयाँ तरलता लिन पुनः आग्रह गरेको छ । मंगलबार राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको ‘आउट रिच पर्चेज’ जारी गरेपनि बैंकहरुले नलिएपछि आज पुनः आवेदन गरेको हो ।

बैंकले मंगलबार ४० अर्ब रुपैयाँको ऋणपत्र जारी गरेकोमा ९ अर्ब ५६ करोड रुपैयाँ बरावरको आवेदन परेको थियो । जसमध्ये २ अर्ब रुपैयाँ जतिको मात्र रितपूर्वक आवेदन आएको थियो । मंगलबार एउटा बैंकले मात्र उक्त तरलता पाएको थियो ।

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदरभन्दा बढीमा आवेदन गर्नेलाई मात्र उक्त तरलता प्रदान गर्ने छ । हिजो आवेदन दिनेले सोभन्दा पनि कम ब्याजदरमा आवेदन दिएकाले नदिइएको हो । उक्त तरलता लिनका लागि राष्ट्र बैंकल यस अघि जारी गरेको ऋणपत्र खरिद गरेको हुनुपर्ने छ । उक्त ऋणपत्रको आधारमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तरलता उपलब्ध गराउन लागेको हो ।

राष्ट्र बैंकले आज पनि २ बजेभित्र आवेदन दिन सुचना जारी गरेको छ । बोलकवलबाट निर्धारण हुने उक्त ऋणपत्र आजै बाँडफाँड हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL