Logo

तरलता सम्बोधन गर्न राष्ट्र बैंकले बजारमा ल्यायो ४० अर्ब, गत वर्ष बण्ड किन्नेले मात्र पाउने

तरलता सम्बोधन गर्न राष्ट्र बैंकले बजारमा ल्यायो ४० अर्ब, गत वर्ष बण्ड किन्नेले मात्र पाउने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले हाल बैंक वित्तीय संस्थामा देखिएको तरलता अभाव कम गर्नका लागि ४० अर्ब रुपैयाँ बरावरको ‘राइट आउट पर्चेज’ गर्ने भएको छ । राष्ट्र बैंकले गत वर्ष विभिन्न समयमा जारी गरेको बण्ड (ऋणपत्र) बाट उठेको रकम तत्काल देखिएको तरलता समस्या समाधानका लागि बैंक वित्तीय संस्थालाई उपलब्ध गराउन लागिएको नेपाल राष्ट्र बैंक राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले जानकारी दिए ।
पंगेनीका अनुसार राष्ट्र बैंकले गत वर्ष विभिन्न समयमा ऋणपत्र जारी बैंक वित्तीय संस्थासँग ५० अर्ब रुपैयाँ उठाएको थियो । हाल सोही रकममध्ये गत वर्ष ऋण पत्र किन्ने बैंक वित्तीय संस्थाहरुलाई नै ४० अर्ब रुपैयाँ दिन लागिएको उनले जानकारी दिए । सो रकम गत वर्ष ऋणपत्र किन्ने बैंक वित्तीय संस्थाहरुले मात्र पाउनेछन् । साथै गत वर्ष उनीहरुले ऋणपत्र किनेको धितोको आधारमा सो रकम उपलब्ध गराइने समेत उनले जानकारी दिए । ऋणको समयावधि समेत ऋणपत्र किनेको आधारमा तय गरिने उनको भनाइ छ ।

राष्ट्र बैंकले आज २ बजेभित्र आवेदन दिन सक्नेगरी आउट राइट पर्चेज गर्न लागेको हो । सो रकमको व्याजदर भने बोलकबोलको आधारमा तय हुने छ । बोलकबलमार्फत आजै ४ बजे राष्ट्र बैंकले उक्त ऋणपत्रको बाँडफाँड गर्नेछ । हाल राष्ट्र बैंकले ल्याएको ४० अर्ब रुपैयाँले बजारमा देखिएको तरलता अभाव कम गर्न सहयोग पुग्ने समेत पंगेनीले जानकारी दिए ।

rastra_bank_bond

प्रतिक्रिया दिनुहोस्
MBL