Logo

३८ प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद जारी गर्दै लक्ष्मी बैंक, होलान सेयर धनी मालामाल ?

३८ प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद जारी गर्दै लक्ष्मी बैंक, होलान सेयर धनी मालामाल ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लक्ष्मी बैंकले आफ्ना सेयर धनीलाई ३८ प्रतिशत बोनस सेयर शतप्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैंकले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैंक संचालक समितिले हिजो मात्र बोनस सेयर वितरण सम्बन्धी निर्णय गरेकोले केही समयभित्रै स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने तयारी गरेको छ ।

बैंकले हाल ३८ प्रतिशत बोनस सेयर जारी गर्ने उल्लेख गरेपनि दियालो विकास बैंक खरिद र १ बरावर १ हकप्रद सेयर जारी प्रश्चात उक्त बोनस १८ दशमलव २९ प्रतिशत मात्र हुने छ । दियालो खरिद तथा शतप्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्त पूँजी बढ्न गई त्यसको तुलामा समायोजन गर्दा बोनस सेयर १८ प्रतिशत मात्र हुने बैंकले उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुसार बैंकले उच्च रुपमा बोनस सेयर तथा शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । २०७४ असार मसान्तसम्म बाणिज्य बैंकले ८ अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने भएपनि लक्ष्मी बैंक हालसम्म द्रुत गतिमा अघि बढेको थिएन ।

laxmi_banak

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL