Logo

तरलता समस्यामा व्यवसायीको चासो, प्रधानमन्त्री भन्छन्, वाफिया पारित भयो अब सुधार आउनेछ

तरलता समस्यामा व्यवसायीको चासो, प्रधानमन्त्री भन्छन्, वाफिया पारित भयो अब सुधार आउनेछ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले व्यवसायीहरु सवैभन्दा बढी मारमा परेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘तरलता समस्याले व्यवसायी मात्र नभई देशको अर्थतन्त्र नै संकटमा पर्ने सम्भाबना बढेको छ,’ नेपाल चेम्बर अफ कमर्शको ६६ औं वार्षिक साधारण सभामा बोल्दै उनले भने, ‘राज्यको उच्च तहबाटै यसलाई सम्बोधन गरिनुपर्छ ।’ साथै हाल बजारमा देखिएको तरलता समस्याले देशको मौद्रिक व्यवस्थामै ठूलो असर पार्ने समेत उनको दावी छ ।

यसैगरी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेकाशी श्रेष्ठले पनि बजारमा देखिएको तरलता समस्यालाई राज्यको उच्च तहबाटै सम्बोधन गरिनुपर्ने बताए । अहिले देशमा लोडसेडिङ पछिको अर्को आतङ्कको रुपमा तरलता समस्या देखिएको छ,’ उनले भने, ‘यसलाई राष्ट्र बैंक मात्र नभई प्रधानमन्त्री स्तरबाटै सम्बोधन गर्नुपर्ने देखिएको छ ।’

अवका दिनमा देश रेमिट्यान्सको भरमा मात्र नचल्ने भन्दै स्वदेशी बस्तु उत्पादन तथा निर्यातमा सरकारले विशेष प्याकेज ल्याउनु पर्ने श्रेष्ठको तर्क थियो । ‘पछिल्लो समय रेमिट्यान्स बृद्धिदर एकदमै घट्दो दरमा छ,’ उनले भने, ‘यदि अवका दिनमा पनि रेमिट्यान्सबाटै अर्थतन्त्र चल्छ भन्ने भ्रममा पर्यो भने आर्थिक क्षेत्रमा ठूलो संकट पर्नेछ ।’ देशमा उद्योगी व्वसायीहरु चन्दा आतकं तथा बन्द हड्तालको मारमा परेको भन्दै त्यसलाई समाधान गर्न समेत उनले आग्रह गरे ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) पारितसँगै बैंकिङ क्षेत्र सुदृढिकरणको उल्लेखनीय काम भएको भन्दै अब सुधारका काम अघि बढ्ने बताए । ‘वाफिया पारित नहुँदासम्म एककिसिमको अन्यौलता थियो,’ उनले भने, ‘यो पारित भएसँगै क्रमिक रुपमा सुधार आउनेछ ।’ साथै सरकार र निजी क्षेत्रको सहकार्य विना देशले आर्थिक रुपमा गति नलिने जानकारी दिँदै आगामी दिनमा एक भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

आफु प्रधानमन्त्री भएसँगै आर्थिक विकासलाई उच्च प्राथमिकता दिएको जानकारी दिँदै अब राजनीतिक मुद्दामा अल्झिन नहुने उनको तर्क थियो । ‘राजनीतिज्ञहरु राष्ट्रको हितभन्दा व्यक्ति र दलगत रुपमा केन्द्रित हुँदा देशले आर्थिक रुपमा गति लिन नसकेको हो,’ उनले भने । अबका दिनमा व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्र हितमा लाग्नुपर्ने समेत उनले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL