Logo

कुमारीले दियो २१ प्रतिशत बोनस सेयर, ५० प्रतिशत हकप्रद पनि जारी गर्दै

कुमारीले दियो २१ प्रतिशत बोनस सेयर, ५० प्रतिशत हकप्रद पनि जारी गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुमारी बैंकले आफ्ना सेयर धनीलाई २१ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको हिजो बसेको बैंठकले उक्त प्रस्ताव गरेको हो ।

बैंकले बोनस सेयर दिने सम्बन्धमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लाई जानकारी गराएको हो । उक्त बोनस स्वीकृतिका लागि बैंकले केही समयभित्रै नेपाल राष्ट्र बैंकका पठाउने भएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएसँगै उक्त प्रस्तावलाई बैंक साधारणसभाबाट पारित गराउने भएको छ ।

यसैगरी बैंकले चुक्ता पूँजी बृद्धिका लागि हकप्रद सेयर निष्काशनको तयारी समेत गरेको छ । हाल ५० प्रतिशत हकप्रद जारीको सहमति लिन बैंकले धितोपत्र बोर्डमा प्रस्ताव पेश गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL