Logo

रिलायवल डेभलपमेन्टको नयाँ योजना, १ सय २० दिने मुद्दतीमा ९ प्रतिशत व्याजदर

रिलायवल डेभलपमेन्टको नयाँ योजना, १ सय २० दिने मुद्दतीमा ९ प्रतिशत व्याजदर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रिलायवल डेभलपमेन्ट बैंक लिमिटेडले १ सय २० दिने मुद्दतीमा ९ प्रतिशत व्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ ।
योजना अनुसार १ सय २० दिन पुरा भए पश्चात साँवा र वयाज स्वत बचत खातामा जम्मा हुने र सो खातामा रकम आए पश्चात निशुल्क रकम झिक्न सकिने छ । बैकको नेटवर्क अन्तर्गतका देशभर रहेका एटिएमबाट रकम निकाल्न सकिने बताएको छ ।

साथै बैंकले १ बर्षे मुद्दतीमा ९ दशमलव २५ प्रतिशतसम्म तथा २ बर्षे मुद्दतीमा ९ दशमलव ५ प्रतिशतसम्म व्याज प्रदान गर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL