Logo

अरुण फाइनान्सको अध्यक्षमा पौडेल चयन, समस्याग्रस्तबाट मुक्त र पूँजी बृद्धि पहिलो प्राथमिकता

अरुण फाइनान्सको अध्यक्षमा पौडेल चयन, समस्याग्रस्तबाट मुक्त र पूँजी बृद्धि पहिलो प्राथमिकता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अरुण फाइनान्सको सञ्चालक समितिको अध्यक्षमा अम्बिकाप्रसाद पौडेल चयन भएका छन् । समस्याग्रस्त फाइनान्सलाई मुक्त गराई नयाँ व्यवस्थापनमा संचालन गर्न हिजो बसेको सञ्चालक समितिको वैठकले पौडेललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

हाथवे इन्भेष्टमेन्टको प्रमुख लगानी रहेको सो फाइनान्समा नयाँ लगानीकर्ताका रुपमा पौडेल अध्यक्ष सम्हालेका हुन् । फाइनान्सलाई समस्याग्रस्तबाट हटाई राष्ट्र बैंकको निर्देशन अनुसार पूँजी बृद्धि गर्ने मुख्य चुनौतीमा साथ अरुणको जिम्मा सम्हालेको अध्यक्ष पौडेलले बताए । ‘हामीले केही समय अघिमात्र समस्याग्रस्तबाट हटाउन राष्ट्र बैंकमा निवेदन दिएका छौं,’ उनले भने, ‘समयाग्रस्तबाट हटेसँगै पूँजी बृद्धिको योजना अघि बढाउने छौं ।’

arun_finance
अरुण फाइनान्सलाई राष्ट्र बैंकले २०७१ माघ १२ गते समस्याग्रस्त गरेको थियो । अरुण फाइनान्स समस्याग्रस्त हुँदा कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ थियो । हाल त्यसलाई बृद्धि गरी झण्डै ३० करोड रुपैयाँ पुर्याइएको पौडेलले जानकारी दिए । कम्पनीले हकप्रद सेयर जारी गर्दै चुक्ता पूँजी पुर्याउने योजना बनाएको छ ।

समस्याग्रस्त अवस्थामा फाइनान्सको निक्षेप १५ करोड ११ लाख र कर्जा १४ करोड १७ लाख रुपैयाँ रहेको थियो । जसको निस्कृय कर्जा नै ८१ प्रतिशत रहेको थियो । आफुहरुको प्रवेशसँगै त्यसलाई उल्लेख्य रुपमा सुधार गरिएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL