Logo

गोठाटारमा खुल्यो प्रभुको नयाँ शाखा, डेपुटी गभर्नर श्रेष्ठले गरे उद्घाटन

गोठाटारमा खुल्यो प्रभुको नयाँ शाखा, डेपुटी गभर्नर श्रेष्ठले गरे उद्घाटन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले काठमाडौंको गोठाटारमा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

बैकले मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएको न्युरोड शाखा कार्यालयलाई गोठाटारमा स्थानान्तरण गरेको हो ।

साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्ने क्रम जारी रहेको बैंकले जानकारी दिएको छ । दोहोरिएका शाखा स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL