Logo

सिद्धार्थ बैंकले दियो ४९ प्रतिशत बोनस सेयर, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै

सिद्धार्थ बैंकले दियो ४९ प्रतिशत बोनस सेयर, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयर धनीलाई ४८ दशमलव ७५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

यस अघि बैंकले २५ प्रतिशत राइट सेयर विक्री गरेको थियो । अव बैंकले राइटलाई आधार मान्दा ३९ प्रतिशत र राइटलाई आधार नमान्दा ४८ दशमलव ७५ प्रतिशत बोनस सेयर जारी गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पूँजी ८ अर्व रुपैयाँ पुर्याउन बैंकले उच्च रुपमा बोनस तथा हकप्रद जारी गर्न लागेको हो ।

उक्त बोनस स्वीकृतिका लागि बैंकले नेपाल राष्ट्र बैंकमा फाइल पेश गर्ने भएको छ । राष्ट्र बैंकले स्वीकृति दिएसँगै पारिताक लागि आगामी दिनमा हुने वार्षिक साधारणसभामा पेश गरिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL