Logo

कामना र सेवा विकास बैंकबीच मर्जर सहमति, चुक्ता पूँजी १ अर्ब ८ करोड पुग्ने

कामना र सेवा विकास बैंकबीच मर्जर सहमति, चुक्ता पूँजी १ अर्ब ८ करोड पुग्ने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । कामना विकास बैंक र सेवा विकास बैंकबीच एक आपसमा मर्ज गर्न सैदान्तिक सहमति भएको छ । यी दुई बैंकबीच एक आफसमा मर्ज हुन शुक्रबार एक कार्यक्रमबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

पोखरामा केन्द्रीय कार्यालय भएको कामना र बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा मर्ज भएसँगै राष्ट्रिय स्तरको विकास बैंक बन्ने भएका छज् । उक्त सम्झौतापत्रमा कामना विकास बैंकका अध्यक्ष राजेन्द्रनीधि कोइराला र सेवा विकास बैंकका अध्यक्ष भीमप्रसाद तुलाचनले हस्ताक्षर गरेका हुन् ।

मर्जरसँगै बैंकको चुक्ता पुँजी १ अर्ब ८ करोड ७१ लाख रुपैयाँ पुग्नेछ । हाल कामनाको चुक्ता पुँजी ६६ करोड १६ लाख रुपैयाँ र सेवाको चूक्ता पुँजी ४२ करोड ५५ लाख रुपैयाँ छ ।

बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा नेपाल राष्ट्र बैंकले तोके अनुसार चुक्ता पूँजी रुपैयाँ पुर्याउन बोनस तथा हकप्रदको घोषणा गरेका छन् । जसका लागि सेवा विकास बैंकले १९ प्रतिशत बोनस सेयर र १२० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको छ भने कामनाले २२ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएका छन् ।

मर्ज भएसँगै बैंकको नाम भने कामना सेवा विकास बैंक हुनेछ । सो बैंकको अध्यक्षमा कामनाका कोइराला र प्रमुख कार्यकारी अधिकृत सेवाका महेशप्रसाद काफ्ले रहने भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL