Logo

रिलायबलले ल्यायो नयाँ योजना, ८५ दिने मुद्दतिमा साढे ८ प्रतिशत ब्याज

रिलायबलले ल्यायो नयाँ योजना, ८५ दिने मुद्दतिमा साढे ८ प्रतिशत ब्याज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले बचतकर्ताका लागि नयाँ योजना ल्याएको छ । बैंकले ८५ दिने मुद्दती खातामा साढे ८ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ ।

जस अनुसार सो खातामा पैसा राखेको ८५ दिन पुरा भए पश्चात साँवा र ब्याज सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । सो बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका एटीएमबाट झिक्न सकिने छ । जसका लागि देशभरका १ हजार १ सयभन्दा बढी एटीएमबाट झक्न सकिने छ ।

यसैगरी १ वर्षे मुद्दतीमा ८ दशमलव ७५ प्रतिशत सम्म र बचत खातामा ५ दशमलव ५ प्रतिशत सम्म ब्याज प्रदान गर्ने भएको छ । यो सेवा बैंकका सवै शाखामा उपलब्ध हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL