Logo

यती डेभलपमेन्ट बैंक र नेशनल लाईफ इन्स्योरेन्सबीच सम्झौता, यतीका ऋणीलाई बीमा

यती डेभलपमेन्ट बैंक र नेशनल लाईफ इन्स्योरेन्सबीच सम्झौता, यतीका ऋणीलाई बीमा


बिजखबर संवाददाता
27
Shares

यती डेभलपमेण्ट बैंकल नेशनल लाइफ इन्स्योरेन्सबीच ‘लघु अमृत जीवन बीमा’ गराउने विषयमा सम्झौता भएको छ । बैंकले आफुसँग लघु बित्त कर्जा उपभोग गर्ने ऋणीहरुलाई बीमा गराउनका लागि दुई संस्थाबीच सम्झौता भएको हो ।

उक्त योजना अन्तर्गत ऋणीहरुलाई ५ हजार रुपैयाँ देखि ७ लाख रुपैयाँसम्मको जोखिम बहन गर्नकोे लागी बिमा सेवा उपलब्ध गराईने छ । सो अवधिमा कथंकदाचीत ऋणीको मृत्यु भएमा पुरा बिमाङ्क रकम ऋणीको हकवालाले प्राप्त गर्न सक्ने छन् ।

साथै मृतकको दाह संस्कार बापत बीमाङ्क रकमको १० प्रतिशत वा २५ हजार रुपैयाँ ध्ये जुन कम हुन्छ सो रकम बिमीतलाई भुक्तानी गरिने छ । दुर्घटनाको कारण स्थायी रुपमा पुर्ण अपाङ्गता भएमा अवस्था हेरी ५० प्रतिशत देखी शतप्रतिशतसम्म क्षती पुर्ति रकम बिमीतलाई भुक्तान गरीने छ । बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने ऋणीहरु प्रत्यक्ष रुपमा ‘लघु अमृत जीवन बीमा’ योजनाबाट लाभान्वित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL