Logo

कृषि विकास बैंकले ४२ करोड कमाउँदा नेपाल बैंकले कमायो १ अर्ब १६ करोड

कृषि विकास बैंकले ४२ करोड कमाउँदा नेपाल बैंकले कमायो १ अर्ब १६ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै सरकारी स्वामित्वको नेपाल बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुदनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ४४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालूआवमा झण्डै त्यसको ३ गुणा बढाएको हो ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ अर्ब १८ करोड रुपैयाँ बरावरको सेयर विक्री गरी गैर संचालन आम्दानी गरेपछि नाफामा उच्च बृद्धि भएको हो ।

६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सो बैंकले हालसम्म ८६ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । जसबाट बैंकल १ अर्ब १७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको देखिन्छ ।
हाल बैंकको खराव कर्जा कुल कर्जा प्रवाहको ३ दशमलव १ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी ७१ रुपैयाँ ७६ पैसा रहेको छ ।

adb
त्यसैगरी आजैमात्र वित्तीय विवरण सार्वजनिक गरेको अर्को सरकारी स्वामत्विको कृषि विकास बैंकले पनि ४४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा २८ करोड रुपैयाँ आम्दानी गरेको सो बैंकले नाफामा ५० प्रतिशतले बृद्धि गरेको देखिन्छ ।

३ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सो बैंकको जगेडा कोषमा ८ अर्ब ८० करोड रुपैयाँ रहेको छ । हालसम्म बैंकले ८५ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरी ८१ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । जसबाट बैंकले १ अर्ब ६१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

बैंकको खराव कर्जा कुल कर्जा प्रवाहको ३ दशमलव ८३ प्रतिशत रहेको छ । साथै प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ९१ पैसा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL