Logo

एनएमबीको नाफा दोब्वरभन्दा बढीले बृद्धि, ह्वात्तै बढ्यो ब्याज आम्दानी

एनएमबीको नाफा दोब्वरभन्दा बढीले बृद्धि, ह्वात्तै बढ्यो ब्याज आम्दानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनएमबी बैंकले आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले चालू आर्थिक वर्षको नाफामा उच्च सुधार गर्दै पहिलो त्रैमासमा ३५ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो । बैंकले गत आवको पहिलो त्रैमासमा १४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

बैंकको ब्याज आम्दानी बढेसँगै समग्र नाफा बढेको रिपोर्टले देखाएको छ । सो अवधिमा बैंकले ६३ करोड ३२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । जवकि बैंकले गत आवको सोही अवधिमा २४ करोड ३७ लाख रुपैयाँ मात्र ब्याज आम्दानी गरेको थियो ।

बैंकले सो अवधिमा चुक्ता पूँजी बढाएर ५ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ । यसैगरी बैंकको रिजर्भ कोष पनि ४ अर्ब १९ करोड रूपैयाँ बराबर रहेको छ । सो अवधिसम्म आइपुग्दा बैंकले ६५ अर्ब रूपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

हाल बैंकको प्रतिसेयर आम्दानी ३१.४६ रूपैयाँ पुगेको छ । यसैगरी प्रतिसेयर नेटवर्थ १७७.२९ कायम भएको छ । बैंकको खराब कर्जा अनुपात कुल कर्जा प्रवाहको १ दशमलव ८३ प्रतिशत मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL