Logo

कैलाश विकास बैंकको हकप्रदलाई राष्ट्र बैंकको स्वीकृति, २५ प्रतिशत जारी गर्दै

कैलाश विकास बैंकको हकप्रदलाई राष्ट्र बैंकको स्वीकृति, २५ प्रतिशत जारी गर्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कैलाश विकास बैंकको हकप्रद सेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । केही समय अघि बैंकको संचालक समितिको बैंठकले आफ्ना सेयर धनीलाई २५ प्रतिशत हकप्रद सेयर दिने निर्णय गर्दै स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गरेको थियो ।

भर्खरै मात्र राष्ट्र बैंकले स्वीकृति दिएको र आगामी दिनमा बस्ने साधारण सभाले पास गराएर बैकले हकप्रद जारी गर्ने छ । जस अनुसार ४ कित्ता भएका सेयर धनीले १ कित्ता हकप्रद सेयर भर्न पाउनेछन् ।

हकप्रद निष्काशनका लागि स्वीकृति दिएको सम्वन्धमा बैंकले आजैमात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL