Logo

एफपीओको लागि एसवीआईले दियो बोर्ड समक्ष निवेदन, प्रिमियम मूल्य प्रतिकित्ता ९८०

एफपीओको लागि एसवीआईले दियो बोर्ड समक्ष निवेदन, प्रिमियम मूल्य प्रतिकित्ता ९८०


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एसवीआई बैंकले फरदर पब्लिक अफरिङ (एफपीओ) निष्काशनका लागि धितोपत्र बोर्ड समक्ष निवेदन दिएको छ । बैंकले प्रिमियम मूल्य सहित प्रतिकित्ता ९ सय ८० रुपैयाँ मूल्य निर्धाण गरी बोर्डमा निवदन दिएको हो ।

केही समय अघि मात्र एसवीआईले एफपीओ निष्काशनको लागि आवेदन दिएको बोर्डका सहायक प्रवक्ता निरन्जय घिमिरेले जानकारी दिए । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पूँजी बृद्धि तथा संस्थापक र साधारण सेयरको अनुपात मिलानका लागि बैंकले एफपीओ जारी गर्न लागेको हो ।

हाल बैंकमा साधारण सेयर स्वामित्व २९ दशमलव ८८ प्रतिशत छ । जस अनुसार बैंकले ६७ हजार ७ सय ६७ कित्ता सेयरको अतिरिक्त निश्कासन गर्ने छ ।

बैंकले प्रिमियम मूल्य तोकेर निवेदन दिएपनि सो सम्बन्धमा बोर्डले मूल्याङकन गरेर अनुमति दिने छ । बोर्डको कार्यविधि अनुसार प्रिमियम मूल्य निर्धारण गर्दा धितोपत्र बजारको १८० दिनको औसत, कम्पनीको भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान अवस्था, पूँजीकृत भएको आम्दानी र कम्पनीको किताबी मूल्य तथा आम्दानी अनुपातलाई मूल्याङ्कन गरी एफपीओको मूल्य निर्धारण गरिने छ ।

बोर्ड स्वीकृति आएसँगै सर्वसाधारणका लागि एफपीओ जारी गरिने बैंक स्रोतले जानकारी दिएको छ । बजारमा एसबीआई बैंकका सेयर कारोवारको मूल्य प्रतिकित्ता १ हजार ८ सय ८५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL