Logo

एसबिआई बैंकले दियो २८ प्रतिशत बोनस सेयर, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै

एसबिआई बैंकले दियो २८ प्रतिशत बोनस सेयर, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना सेयर धनीलाई २८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैकको आज बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

यसैगरी बैंकले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशतका दरले नगद लाभांस दिने भएको छ । साथै उक्त बोनस सेयर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने भएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएर आउने वित्तिकै बैंकको आगामी २३औँ वार्षिक साधारणसभामा पेश गरिने भएको छ ।

बैंकले आर्थिक वर्ष १ अर्ब ३३ करोड १८ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको थियो । बैंकले हाल ७३ वटा व्यवशायिक इकाइ र ६ सय ७८ जना कर्मचारीमार्फत सेवा प्रदान गर्दै आएको छ । हाल देशका विभिन्न स्थानमा बैंकका ८६ वटा एटिएम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL