Logo

महुली लघुवित्तले सवा लाख कित्ता सेयर जारी गर्दै, विक्री प्रवन्धकमा एनसिएम मेर्चेन्ट

महुली लघुवित्तले सवा लाख कित्ता सेयर जारी गर्दै, विक्री प्रवन्धकमा एनसिएम मेर्चेन्ट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महुली सामुदायिक लघुवित्त संस्थाले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको १ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

महुलीले उक्त सेयर निष्काशनका लागि एनसिएम मर्चेण्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत श्यामकान्त चौधरी र एनसिएमका प्रबन्ध संचालक बिजयलाल श्रेष्ठले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्

हाल कम्पनीले २८ वटा शाखामार्फत हाल सप्तरी, सिरहा, उदयपुर, सुनसरी, खोटाङ्ग, भोजपुर, ओखलढुङ्गा, सिन्धुली, धनकुटा र रामेछाप गरी १० जिल्लामा वित्तीय सेवा प्रदान गरिरहेको छ । हाल कम्पनीले सदस्यसँग ४९ करोड ४१ लाख रुपैयाँ बचत गरेको छ भने ९६ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL