Logo

सनराइज बैंकको नवौं वाषिकोत्सव, लत्ता कपडा र खाद्य सामग्री वितरण

सनराइज बैंकको नवौं वाषिकोत्सव, लत्ता कपडा र खाद्य सामग्री वितरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंकले आफ्नो नवौं वाषिकोत्सवको अवसरमा लत्ता कपडा तथा खाद्य सामग्री वितरण गरेको छ । बैंकले वाषिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरी १ सय ४० जना बालबालिकालाई लत्ता कपडा र खाद्य सामाग्री वितरण गरेका हो ।

अध्यक्ष मोतीलाल दुगड, संचालक ई. बच्छराज तातेड, संचालक ज्योतिकुमार बेगानी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा कर्मचारीहरुले सो सामग्री वितरण गरेका थिए । कार्यक्रममा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्न पाउँदै खुशी व्यक्त गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL