Logo

बैंकहरुले आजै बाट पाउने थाले नयाँ नोट, सर्वसाधारणले १६ गतेबाट ३७ हजारसम्म पाउने

बैंकहरुले आजै बाट पाउने थाले नयाँ नोट, सर्वसाधारणले १६ गतेबाट ३७ हजारसम्म पाउने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दसैंका लागि आजबाटै नयाँ नोट दिन शुरु गरेको छ । बैंकहरुलाई उनीहरुले माग गरे अनुरुप नयाँ नोट उपलब्ध गराउन लागिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

राष्ट्र बैंकले सर्वसाधारणलाई भने १६ गतेबाट नयाँ नोट उपलब्ध गराउने भएको छ । तर, बैंकले आफ्ना ग्राहकहरुलाई वितरण गर्नका लागि भने आजैबाट दिन थालिएको हो । बैंक तथा वित्तीय संस्थाले भने भोलीबाटै नयाँ नोट वितरण गर्न शुरु गर्ने छन् ।
पण्डितका अनुसार बैंक तथा वित्तीय संस्थालाई आजबाट १४ गतेसम्म दिइने छ । यसैगरी सर्वसाधारणलाई भने १६ देखि २१ गतेसम्म वितरण गरिने छ । सर्वसाधारणलाई कुपन प्रणालीबाट नयाँ नोट वितरण गरिने भएको छ ।

राष्ट्र बैंकले यस पटक एक जनालाई ३७ हजार रुपैयाँ नयाँ नोट उपलब्ध गराउने छ । जसमा ५ रुपैयाँ देखि १ सय रुपैयाँसम्मका २÷२ बण्डलका दरले नयाँ नोट उपलब्ध गराउने छ । सो नोट राष्ट्र बैंकको थापाथलीबाट साट्न सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL