Logo

एनएमबि बैंकले ल्यायो एक घर एक खाता योजना, ब्राण्ड एम्वेष्डरमा राजेश हमाल

एनएमबि बैंकले ल्यायो एक घर एक खाता योजना, ब्राण्ड एम्वेष्डरमा राजेश हमाल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनएमबि बैंकले ‘एक घर एक खाता’ योजना कार्यान्वयनमा ल्याएको छ । हरेक नेपालीको बैंकमा एक खाता तथा सरल वित्तीय पहुँच पुर्याउने उद्देश्य अनुरुप बैंकले सो योजना ल्याएको हो ।

बैंकले उक्त क्याम्पेन प्रवद्र्धनका लागि महानायक राजेश हमाललाई ब्राण्ड एम्वेष्डरमा नियुक्त गरेको छ । बैंकले उक्त योजनलाई साउनमै कार्यान्वयनमा ल्याएको थियो । तर, आगामी दिनमा यसलाई देशभर बृहत रुपमा लैजाने लक्ष्यका साथ हमाललाई ब्राण्ड एम्बेष्डरमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।

नेपाली सिने क्षेत्रको महान अभिनेतालाई यस कार्यक्रममासँगै लिएर हिड्दा यसले थप लोकिप्रियता पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बताए । साथै सो अभियानले अवका दिनमा पूर्णता पाउने समेत उनको भनाइ थियो ।

यो अभियानले नागरिकले वित्तीय प्रणालीबाटै कारोवार गर्ने, वित्तीय साक्षरता बढ्ने तथा बचत गर्ने बानीको समेत विकास हुने पौडेलको विश्वास छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL