Logo

मेरो माइक्रोफाइनान्सले २० प्रतिशत लाभांस दिने, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै

मेरो माइक्रोफाइनान्सले २० प्रतिशत लाभांस दिने, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । केही समय अघि मात्रै साधारण सेयर जारी गरेको माइक्रोफाइनान्सले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने घोेषणा गरेको हो ।

माइक्रोफाइनान्सको बुधबार बसेको संचालक समितिले बोनस वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले सो निर्णय स्वीकृतिका लागि केही समयभित्रै नेपाल राष्ट्र बैंकमा पठाउने भएको छ । बैंकबाट स्वीकृत भएर आएपछि उक्त बोनसलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्ने छ ।

कम्पनीले गत आर्थिक वर्ष ७ करोड ५६ लाख १९ हजार रुपैंया खुद नाफा कमाएको थियो भने प्रतिशेयर आम्दानी ३७ रुपैंया ८१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL