Logo

राष्ट्र बैंकले छाप्यो २० देखि १ हजारसम्मका नोट, हेर्नुहोस कुन छाप्न कति खर्च ?

राष्ट्र बैंकले छाप्यो २० देखि १ हजारसम्मका नोट, हेर्नुहोस कुन छाप्न कति खर्च ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले यो पटकको लागि २० रुपैयाँदेखि १ हजार रुपैयाँको नोट छपाएको छ । बैंकले नयाँ गभर्नर आएसँगै नयाँ नोट छपाएको हो । यस पटक अघिललो पटकको तुलनामा सस्तोमा नोट छपाइएको बैंकले जानकारी दिएको छ । अघिल्लो गभर्नरको पालामा भन्दा यसपटक सोही संख्या बरावरको नोट छाप्दा ८७ करोड ६९ लाख रुपैयाँ बचत भएको राष्ट्र बैंकका सहायक प्रवक्त राजेन्द्र पण्डितले जानकारी दिए ।

राष्ट्र बैंकले अघिल्लो पटकको तुलनामा रहेक नोट १९ देखि ५१ प्रतिशत सस्तोमा छपाएको छ । सन् २०१५/१६ मा २० रुपैयाँदेखि १ हजार रुपैयाँसम्मका १ अर्ब ३ करोड नयाँ नोट छपाएको छ ।

बैंकले सन् २०१५÷१६ मा १ हजार रुपैयाँको प्रति नोट १ रुपैयाँ ९० पैसाको दरले २० करोड थान छापएको छ । यसैगरी ५ सयको २ रुपैयाँ ९२ पैसाको दरले १८ करोड थान, १ सय रुपैयाँको २ रुपैयाँ १५ पैसाको दरले २० करोड थान, ५० रुपैयाँको १ रुपैयाँ ४८ पैसाको दरले २४ करोड थान र २० रुपैयाँको १ रुपैयाँ ११ पैसाको दरले २१ करोड थान नयाँ नोट छापिएको पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार पहिलो चरणमा १ सय रुपैयाँको नोट बजारमा आइसकेको छ । ५० र २० का नोट भने दशै अघि बजारमा आउने भएको छ । यसैगरी अन्य नोट भने पहिलो चरणमा चैत मसान्तभित्रै आइसक्ने छ । साथै १० र ५ रुपैयाँका नोट छाप्नका लागि प्रक्रिया शुरु भइसकेको उनले जानकारी दिए ।

nrb_note

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL