Logo

छिमेक लघुवित्त र सक्षमबीच सम्झौता, महिला अभिकर्ताद्वारा ग्रामीणभेगमा वित्तीय सेवा प्रदान

छिमेक लघुवित्त र सक्षमबीच सम्झौता, महिला अभिकर्ताद्वारा ग्रामीणभेगमा वित्तीय सेवा प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले यूके एड सक्षमको सहकार्यमा नेपालका ग्रामीण भेगकामा वित्तीय पहुँच तथा सेवा विस्तार गर्ने भएको छ । बैंकले विशेषगरी महिला बंैकिङ अभिकर्तामार्फत पश्चिम नेपालका ग्रामीण भेगमा उक्त सेवा विस्तार गर्न लागेको हो ।

उक्त सेवा विस्तार गर्ने सम्बन्धमा बैंक र सक्षमबीच सम्झौता भएको छ । जस अनुसार डिजिटल वुमन च्यानल पाटनर्स फर जेन्डर इन्क्लुसिभ माइक्रो फाइनेन्स् सर्भिसेज नामक संस्थाले बाँके, डडेल्धुरा, दाङ्ग, कैलाली र रुकुमका विकट गाउँमा शाखा रहित बैंकिङ सेवामार्फत स्थानीयहरुको सशक्तिकरण गर्नेछ ।

सो परियोजना अन्तरगत डिजिटल महिलाका रुपमा नियुक्त भएका महिलालाई छिमेक बंैकका भौतिक शाखाहरुको सेवा पुग्न नसेकेका क्षेत्रहरुमा स्वतन्त्र रुपमा काम प्रशिक्षित गरिने छ भने आवश्यक उपकरण तथा इन्टरनेट सुविधा समेत प्रदान गरिनेछ । अभिकर्ताले गरेको कारोबारलाई वास्तविक अनलाईन कारोबारको रुपमा सुनिश्चित गर्न डिजिटल उपकरणको मद्दतले बैंकको व्यवस्थापन सूचना प्रणाली (एमआइएस्) मा जोडिने छ । जसले गर्दा कारोबारको अभिलेख राख्न भौतिक शाखासम्म पुग्नु पर्ने वाध्यता हट्ने छ ।

कार्यक्रममा सक्षमका टोलीप्रमुख बलजित बोहराले वित्तीय क्षेत्रका नेतृत्वदायी संस्थासँगको साझेदारीमा सक्षम कायक्रम नेपालका ग्रामीण गरिब जनताहरुमा वित्तीय सेवाको पहुँच सुधार गर्न प्रयासरत रहेको बताए । आफ्ना शाखा कार्यालयहरुको कामको सशक्त अनुगमन र समर्पित कर्मचारीका कारण उच्चस्तरको पोर्टफोलियो कायम छिमेकले राम्रो पहिचान बनाएको भन्दै आफुहरुले पनि सहकार्य गरेको जानकारी दिए । ‘यस परियोजनामार्फत छिमेकले आफ्नो सहजताको क्षेत्रभन्दा बाहिर गएर कामगर्ने चुनौती स्वीकारेको छ,’ उनले भने, ‘आफ्ना महिला ग्राहकहरुलाई अभिकर्ताको रुपमा प्रयोग गरेर शाखा नपुगेका क्षेत्रहरुमा सेवा र कार्यक्रम विस्तार गर्दैछ ।’ साथै उक्त सम्झौतासँगै वित्तीय सेवासम्मको पहुँचमा सुधार ल्याउने उनको दावी छ ।

साझेदारीले स्थानीय अर्थतन्त्र र समुदायको सबलीकरणका ठूलो सहयोग पुग्ने छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले बताए । सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बेलायत सरकार र नेपाल सरकारबीचको द्घिपक्षिय सहयोगमा लुइस बर्जरद्घारा अन्य संस्थासगँको सहकार्यमा नेपालमा कार्यान्वयन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL