Logo

प्राइमको हकप्रद सेयरलाई बोर्डको स्वीकृति, गत आवमा कमायो १ अर्ब १० करोड

प्राइमको हकप्रद सेयरलाई बोर्डको स्वीकृति, गत आवमा कमायो १ अर्ब १० करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले निकाल्न लागेको हकप्रद सेयरलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । भर्खरै मात्र बोर्डले स्वीकृति दिएको र भदौंको पहिलो हप्तासम्ममा जारी गरिने स्रोतले जानकारी दिएको छ ।

बोर्डको स्वीकृतिसँगै बैंकले ३ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने छ । जस अनुसार १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद सेयर जारी गर्ने छ । नेपाल राष्ट्र बैंकले पूँजी बृद्धि गर्ने निर्णय गरेसँगै बैंकले हकप्रद जारी गर्न लागेको हो ।

यसैगरी आव २०७२/७३ मा १ अर्ब १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंक स्रोतले जानकारी दिएको छ । वित्तीय विवरण सार्वजनिकको अन्तिम तयारीमा रहेको बैंकले १ अर्ब १० करोड रुपैयाँ नाफा आर्जन गरेको हो । उक्त नाफासँगै प्राइम पनि विलिनियर क्लवमा प्रवेश गरेको छ । बैंकले हकप्रद पश्चात गत आवको नाफाबाट २० प्रतिशत बोनस सेयर बाड्ने समेत जानकारी दिएको छ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । हकप्रद जारीसँगै ८ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकले कुनै विकास बैंक तथा फाइनान्स कम्पनीलाई एक्विजिशन गर्ने तयारी गरिरहेको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL