Logo

सर्वोच्चको निर्णय नआउँदै रावा बैंकको पुनः आवेदन, १९५ पदमा रोजगारी खुला, पुरानै ५० हजार

सर्वोच्चको निर्णय नआउँदै रावा बैंकको पुनः आवेदन, १९५ पदमा रोजगारी खुला, पुरानै ५० हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उमेरहदको विषयलाई लिएर सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंकले पुनः कर्मचारी आवेदन खुला गरेको छ । तत्कालिन समयमा केही व्यक्तिहरुले बैंकले आवेदन माग गर्दा उमेरहद घटाएको भन्दै सो विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

तर, वादीको मागलाई सम्बोधन गर्दै सर्वोच्चको निर्णय आउनुभन्दा पहिला नै आवेदन खुला गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । ‘बैंकको कर्मचारी विनियमावली अनुसार पुरुषको हकमा ३० र महिलाको हकमा ३५ वर्षभन्दा बढी उमेरका कर्मचारी नियुक्त गर्न पाइँदैन्थ्यो,’ उनले भने, ‘तर, हामीले विनियमावली नै परिमार्जन गरी ३५ देखि ४० वर्ष उमेर समुहका कर्मचारी लिने निर्णय गरेका हौं ।’

बैंकले २०७२ जेठ २६ गते विभन्न पदमा गरी १ सय ९५ जना स्थायी कर्मचारी माग गरेको थियो । जसमा ३ तहदेखि ८ तहसम्मका लागि कर्मचारी माग गरिएको थियो । त्यतिवेला सवैभन्दा बढी ३ तहका लागि ७३ जना र सवैभन्दा कम आठौं तहका लागि १ जना प्रवन्धक माग गरेको थियो । अन्य चार्टर एकाउन्टेण्ड, आइटी अफिसरजस्ता पदका लागि पनि आवश्यकता अनुसार कर्मचारी माग गरिएको थियो । अहिले पनि सोही पदका लागि पुनः आवेदन खुला गरिएको बैंकका कायम मुकायम नावय प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद बैद्यले जानकारी दिए ।

बैद्यका अनुसार त्यतिवेलै सो पदमा ५० हजारभन्दा बढीले आवेदन दिएका थिए । उमेरहद बढाएर पुनः विज्ञापन खुला गरेकाले अझ बढी आवेदन पर्ने उनको भनाइ छ । बैंकले आजका मितिबाट ३० दिनको समयसिमा दिएर आवेदन खुला गरेको छ । उक्त पदमा बैंकका विभिन्न क्षेत्रिय कार्यालयबाट आवेदन दिन सकिने छ ।

उक्त पदमा प्रमाणपत्र तह उत्तिर्णदेखि स्नातकोत्तर उर्तिणसम्मका व्यक्तिले आवेदन दिन सक्ने छन् । बैंकले लिखित परीक्षा र मौखिक अन्तरवार्ताका आधारमा कर्मचारी छनौट गर्ने भएको छ । पुनः आवेदनका लागि बैंकले लोक सेवाबाट स्वीकृति लिएर आवेदन खुला गरेको बैद्यले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL