Logo

आव २०७३/७४ को मौद्रिक नीति सार्वजनिक, लघुवित्त दर्ता बन्द, स्प्रेडदर ७ प्रतिशतमा सीमित

आव २०७३/७४ को मौद्रिक नीति सार्वजनिक, लघुवित्त दर्ता बन्द, स्प्रेडदर ७ प्रतिशतमा सीमित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/ ७४ को मौद्रिक नीति सार्वजनिक भएको छ । बिहीवार  मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर डा.चिरञ्जीवी नेपालले लघुवित्त दर्ता बन्द गरिने बताए ।

बैंकले लघुवित्त संस्थाको स्थापना तथा वित्तीय कारोवार गर्ने इजाजतपत्रको लागि आवेदन लिने कार्य पनि स्थगित गरेको हो । तोकिएका केही जिल्लामा भने दर्ता खुल्ला गरिएको उनले जानकारी दिए ।

त्यस्तै राष्ट्र बैंकले लघुवित्तको स्प्रेडदर ७ प्रतिशतमा सीमित  राखेको छ । बैंकले लघुवित्तले कर्जा लगानी गर्दा ग्राहकसँग लिने व्याजदर सम्वन्धित संस्थाको कोषको लागतमा बढीमा ७ प्रतिशत कायम गरि व्याजदर निर्धारणको व्यवस्था मिलाएको बताइएको छ ।

राष्ट्र बैंकले लघुवित्त संस्थाको चुक्ता पुँजी भने ६० करोड कायम गर्ने व्यवस्था गरेको छ । राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुले २०७५ असार मसान्तसम्म न्यूनतम चुक्ता पूँजी रु ६० करोड रुपैयाँ कायम गर्नुपर्ने व्यवस्था गरेको हो । लघुवित्त संस्थाहरुबाट प्रवाह हुने विद्यमान कर्जा सीमा बृद्धि गरिएको बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL