Logo

मन्जुश्रीको १ः१.७५ को हकप्रद सेयर पारित, चुक्ता पूँजी १ अर्ब पुर्याउने

मन्जुश्रीको १ः१.७५ को हकप्रद सेयर पारित, चुक्ता पूँजी १ अर्ब पुर्याउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मञ्जुश्री फाइनान्सियल इन्ष्टिच्युसनको विषेश साधारण सभाले १ बरावर १ दशमलव ७५ को अनुपातमा हकप्रद सेयर जारी गर्नको लागि स्वीकृति प्रदान गरेको छ । फाइनान्सको हिजो भएको विशेष साभारणसभले उक्त प्रस्ताव पारित गरेको हो ।

विशेष साधारण सभाबाट पारितभएसँतै तत्कालै हकप्रद जारी गरिने कम्पनीले जानकारी दिएको छ । उक्त हप्रदसँगै फाइनान्सको चुक्ता पूँजी ६८ करोड ९२ लाख ७८ हजार रुपैयाँ पुग्ने छ । हाल कम्पनीको फाइनान्सको चुक्ता पूँजी ३२ करोड रुपैयाँ रहेको छ । तर, केही समयभित्रै चुक्ता पूँजी बृद्धि गरी १ अर्ब रुपैयाँ पुर्यानउने कम्पनीले जानकारी दिएको छ ।

संस्थाले आर्थिक वर्ष २०७२/२०७३ को तेश्रो त्रैमासमा २ खर्ब ५ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा कम्पनीले ३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रिय कार्यालय रहेको मञ्जुश्रीको काठमाडौंकै न्युरोड तथा चितवनको नारायणगढमा शाखा कार्यालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL