Logo

आजदेखि खुल्यो ९ प्रतिशत व्याजको वैदेशिक रोजगार बचतपत्र, हेर्नुहोस कसरी भर्ने ?

आजदेखि खुल्यो ९ प्रतिशत व्याजको वैदेशिक रोजगार बचतपत्र, हेर्नुहोस कसरी भर्ने ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पुनः वैदेशिक रोजगार बचपत्र खुला गरेको छ । १ महिनाको समयावधि दिएर बचतपत्र खुला गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले सुचना जारी गर्दै ‘वैदेशिक रोजगार बचतपत्र २०७८’ ‘क’ जारी गरेको हो । यस अघि बैंकले वैदेशिक रोजगार बचतपत्र २०७७ र २०७८ जारी गरिसकेको छ । त्यतिवेला माग अनुरुप आवेदन नपरेपछि पुनः माग गरिएको हो ।

हाल बैंकले ३३ करोड ७९ लाख रुपैयाँ बरावरको बचतपत्र निष्काशन गरेको छ । उक्त बचतपत्र आजकै मितिदेखि असार २४ गतेसम्म भर्न सकिने छ ।

उक्त बचतपत्रमा लगानी गर्न चाहनेले वार्षिक ९ प्रतिशत व्याज पाउने छन् । यो व्याज रकम बैंक तथा वित्तीय संस्थाबाट पाउनेभन्दा झण्डै ३ गुणा बढी हो । साथै, लगानीकर्तालाई ६/६ महिनामा व्याज रकम भुक्तानी गरिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले ल्याएको बैदेशिक रोजगार बचतपत्रमा न्युनतम ५ हजार रुपैयाँदेखि बढीमा कुल निष्काशित रकमको सीमा नवढाई ५ हजारले भागगर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सकिने छ ।

उक्त बचतपत्र भर्नका लागि राहदानी, कार्यरत मुलुकको भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको), २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणको रुपमा विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदशी मुद्रा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर चाहिने छ । साथै परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी चाहिने छ ।

आवेदनका लागि प्रभु बैंक, आईएमई, प्रभु मनि ट्रान्सफर, सिटी मनि एक्स्प्रेस, सेञ्चुरी कमर्शियल बैंक, सनराइज बैंक, सेवा रेमिट र सानिमा बैंकबाट फारम भर्न सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL