Logo

सेयर संरचना परिवर्तन गर्दै रिलायन्स लोटस, ५१ र ४९ बनाइने, कात्तिकमा हकप्रद दिइने

सेयर संरचना परिवर्तन गर्दै रिलायन्स लोटस, ५१ र ४९ बनाइने, कात्तिकमा हकप्रद दिइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रिलाइन्स लोटस फाइनान्स लिमिटेडले आफ्नो सेयर संरचना परिवर्तन गर्ने भएको छ । हाल संस्थापकको ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत रहेकोमा आगामी दिनमा ५१ र ४९ बनाउन भएको छ ।

सेयर संरचाना परिवर्तन गर्ने सम्बन्धमा फाइनान्सले सुचना समेत प्रकाशित गरिसकेको छ । हाल बढेको बजारबाट लाभ लिनका लागि कम्पनीले सेयर संरचनामा परिवर्तन गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

यसैवीच कम्पनीले सेयरधनीहरुलाई अघिल्लो आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने भएको छ । जेठको २१ गते साधारण सभा आयोजना गर्ने गरी कम्पनीले सूचना प्रकाशित गरेको छ । कम्पनीले दिएको जानकारी अनुसार २० प्रतिशत बोनस सेयर दिनका लागि राष्ट्र स्वीकृति दिइसकेको छ ।

हालै एफपीओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी रु ३७ करोड पुगेको छ । आगामी साधारण सभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएपछि करिव ४४ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक बर्षको नाफाबाट पनि करिव २० प्रतिशत बोनस सेयर दिने योजना बनाएको जनाइएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार रु ८० करोड चुक्ता पुँजी पु¥याउन आगामी कात्तिकमा नपुग रकम बराबरको हकप्रद सेयर जारी गरिने भएको छ ।

तर कम्पनीले अन्य बीमा कम्पनी तथा जलविद्युत कम्पनीहरुमा गरेको क्रसहोल्डिङस विक्री गर्न स्वीकृति पाएको खण्डमा करिव रु २० करोड नाफा हुनेछ । यो स्थिति आएमा ५० प्रतिशतभन्दा बढी रकम बराबरको बोनस सेयर पनि वितरण गर्न सकिने कम्पनी स्रोतले जानकारी दिएको छ ।

त्यसैले राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पुँजी कयम गर्न रिलायन्सलाई समस्या हुनेछैन । तथापि केही वाणिज्य बैंकहरुसँग मर्जका लागि पनि कुराहरु अगाडि बढाउने काम भैरहेको छ । वित्त कम्पनीको रुपमा रहेर पनि व्यापार बढाउन सकिने संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL