Logo

वैदेशिक रोजगार बचतपत्र पुनः खुला, २५ करोडको आवेदन माग

वैदेशिक रोजगार बचतपत्र पुनः खुला, २५ करोडको आवेदन माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माग अनुसार आवेदन नपरेपछि राष्ट्र बैंकले पुनः बैदेशिक रोजगार बचतपत्र खुला गरेको छ । राष्ट्र बैंकले सुचना जारी गर्दै ‘वैदेशिक रोजगार बचतपत्र २०७८’ जारी गरेको छ ।

राष्ट्र बैंकले ५ वर्षको लागि उक्त बचतपत्र जारी गरेको हो । बैंकले यस अघि पनि सोही अनुरुपको ‘वैदेशिक रोजगार बचतपत्र २०७७’ जारी गरेको थियो । त्यतिवेला ८ करोड रुपैयाँ बरावरको मात्र आवेदन परेपछि पुनः माग गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्त त्रिलोचन पंगेनीले जानकारी दिए । ‘राष्ट्र बैंकले त्यसबापत ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ,’ उनले भने, ‘यस अघि माग अनुसार आवेदन नपरेपछि पुनः खुला गरिएको हो ।’

उक्त बचतपत्रमा लगानी गर्न चाहनेले वार्षिक ९ प्रतिशत व्याज पाउने छन् । यो व्याज रकम बैंक तथा वित्तीय संस्थाबाट पाउनेभन्दा झण्डै ३ गुणा बढी हो । साथै, लगानीकर्तालाई ६÷६ महिनामा व्याज रकम भुक्तानी गरिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले ल्याएको बैदेशिक रोजगार बचतपत्रमा न्युनतम ५ हजार रुपैयाँदेखि बढीमा कुल निष्काशित रकमको सीमा नवढाई ५ हजारले भागगर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सकिने छ । उक्त बचतपत्रको यही बैशाख ७ गते देखि २४ गते भित्र भर्न सकिने छ ।

उक्त बचतपत्र भर्नका लागि राहदानी, कार्यरत मुलुकको भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको), २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणको रुपमा विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदशी मुद्रा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर चाहिने छ । साथै परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी चाहिने छ ।

आवेदनका लागि प्रभु बैंक, आईएमई, प्रभु मनि ट्रान्सफर, सिटी मनि एक्स्प्रेस, सेञ्चुरी कमर्शियल बैंक, सनराइज बैंक, सेवा रेमिट र सानिमा बैंकबाट फारम भर्न सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL