Logo

आजबाट खुल्यो वैदेशिक रोजगार बचतपत्र, ५ वर्षे बचतमा ९ प्रतिशत व्याज

आजबाट खुल्यो वैदेशिक रोजगार बचतपत्र, ५ वर्षे बचतमा ९ प्रतिशत व्याज


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुका लागि वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ । सरकारले आजबाट २५ करोड रुपैयाँ बरावरको बैदेशिक रोजगार बचतपत्रको लागि आवेदन खुला गरेको हो ।

वैदेशिक रोजागारीमा गएका कामदारहरुको रकम संकलन गर्ने उद्देश्य अनुरुप उक्त बचतपत्र निष्काशन गरेको हो । सो बचतपत्रमा लगानीगर्न चाहनेले वार्षिक ९ प्रतिशत ब्याज पाउँनेछन् । यो हाल बैक तथा वित्तीय संस्थाले दिने व्याजभन्दा झण्डै ३ गुणा बढी हो ।

बचतपत्रमा लगानी गर्नेलाई ६/६ महिना व्याज भुक्तानी दिइने छ । बैदेशिक रोजगारीमा कार्यरत र घर फर्किएको चार महिना ननाघेका कामदारले उक्त बचतपत्रमा लगानी गर्न सक्नेछन् । जसमा घटीमा ५ हजार रुपैयाँदेखि बढीमा कुल निष्काशित रकमको सिमा नवढाइ ५ हजारले भागगर्दा निशेष जाने रकम हाल्न सकिने छ ।

सो बचतपत्रको लागि आजदेखि यही चैत २४ गतेसम्म आवेदन दिन सकिने छ । जसको लागि प्रभु बैंक, प्रभु मनि टान्सफर, आइएमइ, सिटी एक्सप्रेस मनि टान्सफर, सेञ्चुरी बैंक, सानिमा बैंक, सनराइज बैंक र सेवा रेमिटका प्रतिनिधि कार्यालय एवं एजेन्टबाट बचतपत्रको आवेदन दिन सकिने छ ।

बचतपत्र भर्नका लागि राहदानी, कार्यरत मुलुकको भिसा, २ प्रति पासपोर्ट साइजको फोटो, कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्र, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणका रुपमा विदेशी मुद्रा सटही रसिदको भौचरसहित आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL