Logo

खडेरीले बाली नष्ट गर्नथालेपछि डेडलाख विरुवा कफी रोपिँदै, कृषकलाई आत्मनिर्भर बनाउँदै स्थानीय तह

खडेरीले बाली नष्ट गर्नथालेपछि डेडलाख विरुवा कफी रोपिँदै, कृषकलाई आत्मनिर्भर बनाउँदै स्थानीय तह



काठमाडौं । पाँचथरको तुम्बेवामा १ लाख ३२ हजार कफीको बिरुवा लगाउने भएको छ । तुम्बेवाको सुक्खाग्रस्त क्षेत्रमा खडेरीले बाली सखाप बनाउन थालेपछि गाउँपालिकाले कृषकलाई आत्मनिर्भर बनाउन कफीको बिरुवा लगाउने तयारी गरेको हो ।

laxmi

गाउँपालिकाका अध्यक्ष होमनाथ थापाका अनुसार पर्वतको एउटा कम्पनीसित सम्झौता गरेर १ लाख ३२ हजार कफीको बिरुवा तयार पारिएको छ । तयार पारिएको उक्त कफीको बिरुवा १४ महीना पछि मात्रै रोप्न योग्य हुने भएको हुँदा आगामी २०७७ जेठतिर कृषकलाई समूहमार्फत् वितरण गरिनेछ ।

उक्त कम्पनीले कृषकले उत्पादन गरेको कफी बोटबाटै काँचैमा प्रतिकिलो १०० का दरले खरिद गर्ने सम्झौता समेत भएको अध्यक्ष थापाले बताएका छन । उनले भने, ‘सुक्खा क्षेत्र रहेको पालिकामा उब्जाउ कम हुने र समयमै बर्षात नहुँदा किसान मारमा परे पछि कफीको विरुवा वितरण गर्न लागेका हौं ।’

साथै सो क्षेत्रमा लगाएको बाली पनि समयमा पानी नपर्दा खडेरीले सखाप पार्ने हुँदा कृषकलाई वर्षभरि खान नपुग्ने र सो क्षेत्रका स्थानीय बसाई सर्न थाले पछि विरुवा वितरण गरेको थापाको भनाई रहेको छ । उनले सो क्षेत्रका स्थानीयले उत्पादन गरेको कफी कम्पनीमार्फत बिक्री गर्ने भएकाले बजारको समस्या नहुने बताए ।

यस्तै एक वर्ष अघि कृषकलाई किबी र मुस्ताङे स्याउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले बताएका छन । गाउँपालिकाको ४ र ५ नम्बर वडामा रोपिएको स्याउ र किबीमध्ये किबीले भने यसै बर्षदेखि फल दिन थालेको दाहालले जानकारी दिएका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL