Logo

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो, शनिबार देखि लागु

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो, शनिबार देखि लागु



काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । शनिबार देखि लागु हुने गरी सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको हो । यस अघि दूधको मूल्य वृद्धि गर्नका लागि कृषि तथा पशुपन्छी मन्त्रालयले एक कार्यदल गठन गरेको थियो सोही कार्यदललले कृषिमन्त्री चक्रपाणी खनाललाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन अनुसार दुग्ध विकास बोर्डलाई विहीबार कृषि मन्त्रालयले दूधमा ६ रुपैयाँले वृद्धि गर्न पत्राचार गरेको छ ।

मन्त्रालयले बनाएको कार्यदलले दुध कम उत्पादन हुने मौशममा प्रतिलिटर १० रुपैयाँ र कम उत्पादन हुने समयमा प्रतिलिटर ५ रुपैयाँ ७९ पैसा वृद्धि गर्न सकिने प्रस्ताव गरेको थियो । उपभोक्ताले अव दूध प्रतिलिटर ७६ रुपैयाँमा किन्न पाउनेछन । यस्तै उक्त बढाईएको मूल्यको प्रतिलिटर ६९ प्रतिशत मूल्य किषानले र बाँकी ३१ प्रतिशत मूल्य भने डेरी उद्योगहरुले पाउने भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL