Logo

देशभर ८० प्रतिशत धान रोपाँई सम्पन्न, कुन प्रदेशमा कति ?

देशभर ८० प्रतिशत धान रोपाँई सम्पन्न, कुन प्रदेशमा कति ?



काठमाडौं । यो बर्ष देशभर ८० प्रतिशत धान रोपाई सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलको तथ्याङ्क अनुसार साउन १२ गते सम्ममा ८० दशमलब १८ प्रतिशत धान रोपाँई सम्पन्न भएको छ । गत बर्ष सोही अबधिमा ८१ दशमलब ९२ प्रतिशत रोपाँई भएको थियो ।

धान रोपाँई हुने कुल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्य १० लाख ९९ हजार ८ सय ६३ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाँई भएको छ । गत बर्षको सोही अवधिमा ११ लाख १५ हजार २ सय ९० हेक्टर क्षेत्रफलमा धान रोपाँई भएको थियो ।

मन्त्रालयका अनुसार सुदूर पश्चिम प्रदेशमा सबै भन्दा बढी ९४ दशमलब १७ प्रतिशत धान रोपाँई भएको छ भने सबै भन्दा कम प्रदेश नम्बर १ मा ७१ दशमलब ६५ प्रतिशत सम्पन्न भएको छ ।

सुदूर पश्चिम प्रदेशमा गत बर्षको सोही समयमा ९७ प्रतिशत धान रोपाई भएको थियो भने प्रदेश १ मा ७७ दशमलब २४ प्रतिशत रोपाँई सम्पन्न भएको थियो । भौगोलिक अवस्था अनुसार तराईमा ७९ दशमलब ७८, मध्य पहाडमा ८० दशमलब ६६, र उच्च पहाडमा ८४ दशमलब ९२ प्रतिशत रोपाँई सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL