Logo

चिनी उत्पादन २५ प्रतिशतले बढ्ने, अझै साढे २ अर्बको चिनी स्टकमा

चिनी उत्पादन २५ प्रतिशतले बढ्ने, अझै साढे २ अर्बको चिनी स्टकमा



काठमाडौं । यो बर्ष चिनी उत्पादन २५ प्रतिशतले बढ्ने भएको छ । ऊखुको उत्पादन राम्रो भएसँगै यस बर्ष चिनीको उत्पादन गत बर्षको तुलनामा उल्लेख्य बढ्ने जानकारी दिएका छन् ।

गत बर्षको ऊखु क्रसिङ्को सिजनमा नेपालका चिनी उद्योगबाट १ सय ७८ मेट्रिक टन चिनी उत्पादन भएको थियो । तर, यो बर्ष चिनी उत्पादन बढेर २ सय २५ मेट्रिक टन पुग्ने नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले जानकारी दिए ।

यो बर्ष चिनीको उत्पादन बढेसँगै आगामी बर्षमा पनि चिनी आयात गर्न नपर्ने उनको दावी थियो । ‘नेपालमा बार्षिक २ सय ५० मेट्रिक टन चिनी आवश्यक पर्ने पक्षेपण छ,’ उनले भने, ‘हामीसँग गत बर्षको उत्पादनबाट ४० हजार मेट्रिक टन स्टकमा छ भने यो बर्षको २ सय २५ मेट्रिक टन उत्पादन जोड्दा नेपाललाई आवश्यक पर्नेभन्दा बढी हुनेछ ।’ तसर्थ सरकारले चिनी आयातमा रोक लगाएको परिमाणात्मक बन्देजलाई निरन्तरता दिनुपर्ने उद्योगीहरुको माग थियो ।

हाल नेपालमा रहेका १४ वटै उद्योगले ऊखु क्रसिङको काम सुरु गरिसकेको समेत उद्योगीहरुले जानकारी दिएका छन् । गत बर्ष १२ वटा ऊखु उद्योग रहेकामा यसबर्ष २ वटा थपिँदै १४ वटा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL