Logo

५ बर्षभित्र सम्पूर्ण खेती योग्य जमिनमा सिचाई सुविधा, यी हुन छनौटमा परेका आयोजना

५ बर्षभित्र सम्पूर्ण खेती योग्य जमिनमा सिचाई सुविधा, यी हुन छनौटमा परेका आयोजना



काठमाडौं । सरकारले आगामी ५ बर्ष भित्रमा सम्पूर्ण खेती योग्य जमिनमा सिंचाईको सुविधा पुर्याउने भएको छ ।

आगामी आर्थिक बर्षमा सिंचाई योग्य जमिनमा सिंचाई पुर्याउन निर्माणधिन आयोजनाहरुको काम सम्पन्न गरी थप नयाँ आयोजनाहरु संचालन गर्ने भएको छ ।

सरकारले मंगलबार बजेट बक्तब्य प्रस्तुत गर्दै नयाँ आयोजनाहरु निर्माण गर्दा सम्भाब्यताको आधारमा खानेपानी, सिंचाई, विद्युत, नदी नियन्त्रण र वातवरण प्रर्वद्धन पक्षलाई समेटी बहुउद्देश्यीय आयोजनाको विकास गर्ने बताएको छ ।

सरकारले आगामी आबमा तमोर–चिसाङ, सुनकोशी–मरिन, सुनकोशी–कमला, कालीगण्डकी–तिनाउ र पश्चिम सेती–कैलाली–पाण्डुललगायतका आयोजनाको सम्भाब्यता अध्ययन तथा बृहत दाङ उपत्यका सिंचाई आयोजना सुरु गर्ने भएको छ ।

त्यस्तै सरकारले भेरी–बबई डाईभर्सन, रानी जमरा कुलरिया, सिक्टा र बबई सिंचाई आयोजनालाई निरन्तरता दिएको छ । गत आवमा यी ४ आयोजनाको लागि ५ अर्ब १६ करोड विनियोजन गरेकोमा चालु आवमा १० अर्ब ९९ करोड ३९ लाख रुपैंयाँ विनियोजन गरेको छ ।

सरकारले आगामी आवमा नयाँ प्रविधिमा आधारित सौर्य सिंचाई आयोजनाको लागि भने ३५ करोड रुपैयाँ अनुदान रकम विनियोजन गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL